धरान : मुकुमलुङ फुटबल क्लब धरान-५ द्वारा आयोजित प्रथम टोलस्तरीय फुटबल प्रतियोगितामा उपाधि देउराली डायमण्डले जितेको छ।

प्रतियोगिताको उपाधि सँगै देउराली डायमण्ड टिमले नगर रु. २० हजार हात पारेको छ भने दोस्रो हुने म्याड इन डान्स क्लबले नगद रु १० हजार प्राप्त गरेको छ ।

देउराली डायमण्ड टिमका खेलाडी बुद्ध वीर लिम्बुले फाइनल खेल सम्म ६ गोल गरेका थिए । विरले १२ मिनेटमा नै पहिलो गोल गर्न सफल भएका थिए ।

त्यसै गरी वेस्ट किपर सुजन लिम्बु घोषित भएको क्लबका अध्यक्ष मिलन राईले जानकारी दिए । वेस्ट डिफेन्स राहुल लिम्बु घोषित भएका थिए ।

कार्यक्रम प्रदेश नंः १ फुटबल सङ्घ का अध्यक्ष तथा नेपाली काँग्रेसका धरान पूर्व सभापति श्री किशोर राईको प्रमुख अतिथिमा सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले खेलाडीको उत्पादन तथा विकाशमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

गत चैत २७ देखि वैशाख १० सम्म सञ्चालन भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।

mukulung 2