चतरा : महिला फुटबल खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वराहक्षेत्र नगरपालिका वडा नं १ को कार्यालयले फुटबल प्रदान गरेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाई सकेको स्थानीय माउन्ट एभरेस्ट रिपोर्टिङ क्लबमा नियमित अभ्यास गर्दै आइरहेका खेलाडीहरूलाई ५ थान फुटबल उपलब्ध गराएको वडाध्यक्ष सुरेश श्रेष्ठले बताए ।

फुटबल बुधवार क्लबका अध्यक्ष तथा प्रशिक्षक सूर्य तुम्बाहाङ्फेलाई वडाध्यक्ष श्रेष्ठले हस्तान्तरण गरेका हुन् । वडा कार्यालयमा भएको उक्त हस्तान्तरण कार्यक्रममा वडा सचिव लक्ष्मण पौडेल , वडा सदस्यहरू सुशीला शेर्पा, लोक बहादुर दाहाल तथा खेलाडीको उपस्थिति रहेको थियो ।

महिला फुटबल खेलाडी उत्पादनको हबको रूपमा विकास भइरहेको चतरामा वडाले उपलब्ध गराएको फुटबलले खेलाडीलाई थप प्रोत्साहन र खेल खेल्न ऊर्जा मिलेको क्लबका अध्यक्ष तथा प्रशिक्षक सूर्य तुम्बाहाङ्फेले बताए ।