धरान : सागर लम्साल बले अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो। गतिमा सागर लम्साल बले सँगै शिक्षा सङ्ग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ।

पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रस्ट्याउँदै सागर भन्छन् : पुराना गीतले पुराना साथीभाइहरूको सम्झना दिलाउँछ। तिनै पुराना साथीहरूको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाएको हो।

२० वर्ष पछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरिएको छ। गीतमा सरला बीसीले साथ दिएकी छिन्।

गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इटरटेन्मेन्टको युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोलाई दर्शकहरूले निकै रुचाएका छन्। आफ्ना पुराना दिनहरूको सम्झना दिलाएको भन्दै गीतको अडियो र भिडियो दुवै पक्षको प्रशंसा गरेका छन्।

केही समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खडकाको रहेको गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घटना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।