चतरा : सप्तकोसी युवा क्लब देबिघाटद्वारा आयोजित क्लब स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सप्तकोसी युवा क्लब “ए “ विजयी भएको छ ।

वराहक्षेत्र-७ स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबारबाट सुरु प्रतियोगिता अन्तर्गत वक्लौरी फुटबल क्लब रामधुनिलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा दुवै तर्फबाट कुनै गोल नभए पछि खेलको नतिजा पेनाल्टी सुट आउट बाट लिएको थियो । पेनाल्टी सुट आउटमा पनि ५–५ जनाले प्रहार गर्दा ४–४ गोल भए पछि सडेनडेथमा पुगेको थियो । सडेनडेथमा ११–११ जनाको प्रहारबाट पनि नतिजा आउन सक्दा दुवै तर्फबाट १२–१२ जना खेलाडीले पेनाल्टी प्रहार गर्नु परेको थियो ।

अत्यन्त रोचक बनेको पेनाल्टी सुट आउटमा बक लौरीका खेलाडीको प्रहार आयोजकका गोल किपर दिपु मगरले सुन्दर बचाउ गरे पछि आयोजक ११–१० गोलले आयोजक विजयी बनेको थियो । खेलमा म्यान अफ द म्याच आयोजकका गोल किपर दिपु मगर घोषित भए । उनले नगर १ हजार र ट्रफि प्राप्त गरे ।

विजया दशमीको अवसरमा सुरु प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले गरेका थिए । प्रमुख अतिथि रहेका वडा अध्यक्ष श्रेष्ठले प्रमुख निर्णायकलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए ।

क्लबका अध्यक्ष कपिल आचार्यको सभाध्यक्षमा आयोजना भएको उद्घाटन कार्यक्रममा वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख कमला मगर , नेपाली काँग्रेस वराहक्षेत्र सभापति रमेश कार्की, वराहक्षेत्र ७ का वडाध्यक्ष वीरबहादुर लिम्बू , वडा नं-८ का अध्यक्ष फडिन्द्र भट्टराई , इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशी , आदिवासी जनजाति महासङ्घ वराहक्षेत्र अध्यक्ष सन्तकुमार राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत भाषण क्लबका सचिव लेखु न्यौपाने गरेका थिए ।

प्रतियोगितामा आयोजक सप्तकोसी युवा क्लब , राजावास फुटबल क्लब, हाटखोला फुटबल क्लब चतरा, शान्तिनगर फुटबल क्लब इटहरी , बक्लौरी फुटबल क्लब पाञ्चायन , सप्तकोसी फुटबल क्लब ( निलो ) , पुलिस क्लब विराटनगर , न्यून स्टार फुटबल क्लब कालाबन्जार सहभागी रहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५ सय , दोस्रो पुरस्कार ३५ हजार ५ सय ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कपिल आचार्यले बताए ।

Football