धरान : अस्ट्रेलियाको व्यस्त समयको बाबजुद पनि धरानका विजय सिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् ।

उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् । उनले अस्ट्रेलियामा काम गर्दै प्रतियोगिताको तयारी गरेका थिए । उनले विगत ११ वर्षदेखि जिम गरिरहेका छन् ।

भोजपुरमा जन्म भए तापनि उनी धरानमा नै हुर्किएका हुन् । उनले धरान-१२ मा रहेको पब्लिक हाई स्कुलबाट एसएलसी र प्लस टू उत्तीर्ण गरेका हुन् । हाल उनी धरान-१४ विजयपुरमा बस्दै आएका छन् । सिरान तामाङसँग विवाह गरेका उनको एक छोरा सेजुन तामाङ रहेका छन् ।

यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत आफ्नो तौल समूह ७०ं मा द्वितीय बन्न सफल भएका थिए । उनी अस्ट्रेलियामा जान पूर्व धरानमा रहेका माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत थिए ।

म्यान फिजिक्समा वर्ल्ड च्याम्पियन बनिसकेका सुजन शिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए । म्यान फिजिक्स २०२१ प्रतियोगिता यही अक्टोबर ३ तारिखमा सम्पन्न भएको थियो ।

२०४५ साल श्रावण ६ गते भोजपुरमा बुवा मान बहादुर तामाङ र आमा स्वर्गीय अरुणमाया तामाङको कोखबाट कान्छो छोराको रूपमा जन्मिएका उनको दुई दाजु र दुई दिदी रहेका छन् ।

state-champion-australia