प्रभावमा साम्राज्ञीको बोल्ड अवतार (भिडियो सहित)

  • कार्तिक १, २०७८
  • २३३१ पटक पढिएको
alt

धरान : पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेसा व्यवसाय चौपट भएपछि कलाकर्मीहरूको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भने जति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरूको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो।

यस्तैमा चलचित्र समेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छिन् । उनले बोल्ड दृश्य दिएको प्रभाव बोलको गीतको म्युजिक भिडियो पछिल्लो पटक सार्वजनिक भएको हो।

प्रकाश विक्रम थापामा शब्द, सङ्गीत र स्वर रहेको उक्त गीतमा सङ्गीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ।

इन्डोर दृश्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायाङ्कन, प्रवीण श्रेष्ठको सम्पादन रहेको छ भने प्रकाश विक्रम थापा भिडियोका निर्माता हुन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved