इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीको सचिवमा रुपेश बस्नेत निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार बस्नेत २१९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मदन कार्कीले १४३ मत पाएका छन् ।

त्यस्तै उप-सचिवमा जितेन्द्र थापा अत्याधीक मतका साथ निर्वाचित भएका छन् । दुई जना उप-सचिव मध्ये बस्नेतले २४३ मत ल्याउँदा मन्दीरा भट्टराई २३४ मतका साथ निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी होमनाथ धमला र रामचरण चौधरीले समान ९९ मत पाएका छन् ।

कुल ५८३ मत मध्ये ५२१ खसेको र त्यसमध्ये ३६ मत बदर भएको निर्वाचन अधिकृत हरि कटवालले बताए । शनिवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आइतबार बिहान सार्वजनिक भएको उनको भनाई छ ।

इटहरीको लायन्स क्लबको भवनमा सम्पन्न निर्वाचनबाट सदस्य पदको लागी ८५ जना निर्वाचित भएका छन् । त्यसमध्ये खुल्ला १३, महिला ८, मुस्लिम, थारु, दलित र जनजातिमा समान दुई दुई जना निर्वाचित भएको ४ नम्बर वडाका वडाध्यक्ष सुनिल कार्कीले बताए ।

उनका अनुसार भूगोल बाट ४, ५, २० र २ बाट तिन तिन जना निर्वाचित भएका छन् । बाकी वडामा दुई जनाको दरले सदस्य निर्वाचित भएको उनको भनाई छ ।

गत ९ गते उद्घाटन भएको अधिवेशन लामो समयको विवादका बिच सम्पन्न भएको हो । सुरुमा दुई ध्रुवमा बाढीएको अधिवेशनले अध्यक्षमा याम कुमार सुब्बा र उपाध्यक्षमा दुखीलाल चौधरी सर्वसम्मत भइसकेका छन् । इटहरी अध्यक्षमा सुब्बाको यो चौथो कार्यकाल हो ।