धरान : प्रदेश १ को आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारीमा थिए । तर प्रतिपक्षी नेकपा एमालेका सभासदहरु बन्दको कारण प्रदेशसभामा आई नपुगेको भन्दै आजको प्रदेशसभा बैठक स्थगित गर्न नेकपा एमालेले माग गर्दै आएको थियो ।

निकै ढिलो गरी सुरु भएको बैठकमा राष्ट्रिय गान बज्ने बित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले आजको प्रदेशसभा स्थगित भएको घोषणा गरे ।

भोलि बिहान साढे ११ बजे पुनः प्रदेशसभाको बैठक बस्ने गरी सभामुख भण्डारीले बैठक स्थगित गरेका हुन् । उनले प्रतिपक्षका सांसदहरू उपस्थित नभएकोले बैठक स्थगित गर्नुपरेको बताए ।