बिर्तामोड : झापामा प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ।

बिर्तामोड-५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ च्याम्पियनसिप आयोजना गरिने बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन्। प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पियनले तीन लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै फष्ट र सेकेण्ड रनरअपले क्रमशः दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुचि जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए।

महिला र पुरुषका लागि छुट्टैछुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने आयोजकले पत्रकार सम्मेलनमा जनाकारी दिएको छ।