धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना सङ्क्रमण भएको छ। ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो।

झापाको भद्रपुरमा ४, दमक र बिर्तामोडमा ३-३, बुद्धशान्ति र शिवसताक्षीमा २-२, कनकाई र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैचामा २-२, रतुवामाई र उर्लाबारीमा १-१, सुनसरीको इटहरी र धरानमा २-२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।