लण्डन : ८१ वर्षकी पेन्सनधारी आइरिस जोन्स र ३६ वर्षका मोहम्मद इब्राहिमको प्रेम आजकाल चर्चामा छ, बेलायतको यो जोडी विवाहको बन्धनमा बाँधिइसकेका छन् र अन्तरवार्ताका लागि पहिलो पटक एकसाथ स्टुडियो पुगेका छन् । यतिबेला यी दुईले उमेर अन्तरका कारण खेप्नुपरेको आलोचना, पुनर्मिलन र यौन जीवनबारे थुप्रै रोचक खुलासा गरे। विवाहपछि पहिलो पटक सँगै अन्तरवार्ताका लागि सोफामा बस्दा आइरिस निकै रोमाञ्चित देखिएकी थिइन् । भिसासम्बन्धी समस्याका कारण आइरिस यसअघिका सोहरूमा एक्लै देखिन्थिन् । इजिप्टका मोहम्मद यो वर्षको नोभेम्बर अघि चाहेर पनि आफ्नी श्रीमतीसँग बस्न सक्दैनथे । यी दुई फोन मार्फत नै सम्पर्कमा रहन्थे । तर यस पटक भने मोहम्मदले भिसा पाए र उनले आइरिससँग शोमा देखिन ढिला गरेनन् ।

कार्यक्रम प्रस्तोतासँग आइरिसले लकडाउन र भिसा नपाएका कारण आफूहरूले ठुलो समस्याको सामना गर्नुपरेको बताइन् । आइरिसले भनिन्, ‘यसले हामीलाई बाँच्न नै मुश्किल पारिदिएको थियो । फोनमा कुरा गर्नु र मेसेजमा गुड नाइट र गुड मर्निङ भन्नु निकै बोरिङ भइसकेको थियो । म यति मात्रै सोच्थेँ कि आखिर उनी कहिले आउँछन् ।’ आफ्ना श्रीमानले यूकेको भिसा पाएको खबर पहिलो पटक सुन्दा आइरिसको आँखाको आँसु आएको उनले बताइन् । उनले भनिन्, ‘म टेस्कोमा थिए र फलफूल-सागसब्जी किनिरहेकी थिएँ । त्यति नै बेला मलाई यसबारे थाहा भयो । मैले आफ्नो आँसु रोक्न सकिनँ । त्यहाँ भएकी एक असिस्टेन्टले भने, ‘तपाईँ ठिक हुनुहुन्छ रु’ मैले जवाफ दिएँ, ‘हो, म बस् असाध्यै असाध्यै खुसी छु ।’

करिब ४५ वर्षको अन्तर छ । उमेर अन्तर र रोमान्सबारे यो जोडीले असाध्यै आलोचना झेलेको छ । यसबारे मोहम्मदले भने, ‘म आकाशमा उडिरहेको महसुस गरिरहेको छु । जब म युके जान पाउँछु भन्ने थाहा भयो, म बाटोमै बेस्सरी चिच्याउन थालेँ । कतिले मलाई पागल सोचिरहेका थिए । अन्ततः म आफ्नी श्रीमतीलाई भेट्दै थिएँ । ’ मोहम्मदलाई लिन उनकी श्रीमती विमानस्थलमा पुगेकी थिइन् । आइरिसले यो पल आफ्नो लागि निकै विशेष रहेको बताइन् ।

यद्यपि, मोहम्मदले मानिसहरूको प्रतिक्रिया र आलोचनाका कारण आफूले निकै दबाब महसुस गरिरहेको बताए । यस्तै केहीले भने आइरिससँग उनको सम्बन्धलाई एउटा उद्देश्य बताउँछन् । उनले भने, ‘म बुझाउन सक्दिनँ तर हामी असाध्यै दबाबमा छौँ । म बुझाउन सक्दिनँ कि केहीले हामीमाथि हमला गर्छन्, किन रु म काम गरिरहेको छु । मसँग बिजनेस एडमिनिस्ट्रेशन छ । म आइरिससँग केही चाहिएका कारण नजिक भएको होइन । म एक धनी व्यक्ति हुँ । काएरोमा मेरो आफ्नै बङ्गला पनि छ ।’

यसबारे आइरिसले भनिन्, 'प्रेमले सबैलाई जित्छ । मोहम्मद निकै सफा-सुग्घर व्यक्ति हुन् । घरमा उनले अहिलेसम्म केही खसालेका छैनन् । उनले मलाई कफीका लागि अफर गर्छन् । अब हामी दुवै हाम्रो पहिलो क्रिसमस सँगै मनाउने योजना गरिरहेका छौँ । मलाई मेरो छोरा, साथीभाइ वा कोही आफन्तले बोलाउलान् कि बोलाउँदैनन् भनेर थाहा छैन । उनीहरूले हामी दुईलाई सँगै क्रिसमस मनाउन छोडिदिन्छन् जस्तो लाग्छ ।'

मोहम्मदले आफू सधैँका लागि आइरिससँग बस्ने योजना बनाइरहेको बताए । मोहम्मदसँग आफ्नो यौन जीवनको विषयमा आइरिस सधैँ खुसी देखिन्छिन् । यसका लागि यो जोडी निकै चर्चित भइसकेको छ । आइरिस भन्छिन्, 'मोहम्मद निकै चर्चित भइसकेको छ । ब्रिस्टलमा एक ट्याक्सी ड्राइभरले हामीलाई देख्ने बित्तिकै चिने ।' उनी थप्छिन्, ‘जब मलाई कसैले सोध्छन् कि तपाईँले प्रेम कसरी पाउनुभयो ? म यति मात्रै भन्छु कि तपाईँ प्रेम नहेर्नुहोस्, प्रेम आफैँले तपाईँलाई खोज्नेछ ।'