इटहरी : आगामी पुस १७ गते शनिवार इटहरी रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितको कलाकार आउने भएका छन् । ग्यालरी इभेन्ट प्रा।लीले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा आयोजना गरेको 'रिफ्रेस नाइट' कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीसहित धर्मेन्द्र सेवान र दिनेश ढकाल इटहरी आउने भएका हुन्।

शनिवार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू गङ्गा गौतम, सुमन परियार, स्पर्श ब्यान्ड, विशाल पोखरेल, बिहानी डान्स सेन्टरले समेत कार्यक्रममा प्रस्तुति दिने ग्यालरी इभेन्टका कार्यक्रम संयोजक विजय गिरीले जानकारी दिए।

कार्यक्रममा पछिल्लो समय चर्चित सामाजिक सञ्जाल 'टिकटक'बाट अधिक दर्शकहरूले रुचाएका 'टिकटकरहरु' सुजा रायमाझी, मनिका बोहोरा, नेल्सन जोडी, मोडल विनोद बस्नेत र कमेडियन चोर बुढाबाट परिचित अमृत राईसँगै मास्के दाइको पनि उपस्थिति रहने छ।

कार्यक्रममा प्रवेशका लागि सामान्य तर्फ टिकट दर २५० र भिआइपी टिकट १००० तोकिएको आयोजकले जानकारी दिएको छ । टिकट खरिद गर्ने मध्ये भाग्यशाली दुई जनाले लक्की ड्र मार्फत स्मार्ट फोन दिइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई 'टुर्वेग बियर' र 'प्रिन्सेस वाइन'ले प्रयोजन गरेका छन्।