धरानका निर्माण व्यवसायी हिजोदेखि वेपत्ता, अपहरण भएको आशंका

  • पुष २४, २०७५
  • ८८९९ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान: धरानका युवा निर्माण व्यवसायी(ठेकेदार)अनोज भटराई हिजो बिहानदेखि वेपत्ता भएका छन् । धरान १४ निवासी भटराई बिहान ८ बजे घरबाट निस्केका थिए ।

विराटनगर सडक डिभिजन कार्यालयमा पेमेन्ट लिन भनेर हिडेका भटराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशंका गरिएको छ । परिवारजनले हिजै सोमबार प्रहरीमा निवेदन दिएका थिए । बेपत्ता भएका अनुजका बुबा रमेश भटराईका अनुसार बिहान ८ बजे घरबाट निस्केपछि सम्पर्कबिहिन भएका थिए । ‘९ बजेतिर बुहारीले फोन गर्दा लाग्दै लागेन । बाह्र बजेतिर छोराको मोवाइलबाट अनुज मसँग छ, पछि कल गरौला बाई भनेर म्यासेज आयो,’बुबा रमेशले भने । दिनभरि सम्पर्क नआएपछि वडाअध्यक्ष एवं भतिजा कृष्ण भटराईले प्रहरीमा निवेदन दिएको बुबा रमेशले बताए ।

परिवार तथा साथीभाईले सोधीखोजी गर्दा अनोज बिहान चतरालाइनबाट धर्मपथतिर जादै गरेकोसम्म पत्ता लागेको थियो । अनुजले धरान भेडेटार सडकखण्डमा पर्ने निसाने पहिरोको मर्मत ठेक्का लिएका थिए । उनी सोमबार सोही कामवापतको भुत्तानी लिन विराटनगर जादैथिए । ‘हामीलाई अपहरण भएको आशंका छ,’अनुजको खोजीमा लागेका साथी श्याम पोख्रेलले भने ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved