धरान: धनकुटातर्फबाट आउदै गरेको बस धरानको जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको छ ।
ना ६ ख २७१३ नम्बरको बस पल्टिएको हो । बसमा च्यापिएर केहीको हताहत भएको अनुमान गरिएको छ । बस पल्टिएर विजुलीको पोलमा अगाडिपटिको भाग ठोकिएको छ । बसमा यात्रु च्यापिएका छन् । उनीहरुलाई निकाल्न नसकिएपछि जेसिबि ल्याएर बस तान्ने प्रयास भइरहेको छ ।
घटनास्थलमा प्रहरी, सशस्त्रले बसबाट यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको छ । घाइतेहरुलाई वीपी प्रतिष्ठानमा उपचारको लागि पठाइएको छ । डिएसपी सुमन तिम्सिनाले २ जनाको मृत्यु भएको पुष्टि गरे । ‘हामी घटनास्थलमा नै छौ, २ जनाको ज्यान गएको बुझिएको छ, घाइत कति छन्, थाह हुन सकेको छैन,’उनले भने ।

 
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































