चितवन: जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोग लागेका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेपनि केही कडा सर्त राखेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजालसले हिजो अदालतले अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको थियो भने लामिछानेसँग ५ लाख र कँडेलसँग ३ लाख धरौटी माग गरेको थियो । साथै, अदालतले उनलाई कडा सर्त पनि राखेको छ । मुद्दामा धरौटी माग गर्नुको अर्थ सो प्रकरणमा आरोपित सतप्रतिशत निर्दोष छैनन् भन्ने अर्थ हो ।

अदालतले पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेलाई टेलिभिजन कार्यक्रम बनाएर प्रसारण गर्न रोक लगाएको छ । आफू अभियुक्त रहेको प्रकरणमा म निर्दोष छु भन्ने किसिमका सामग्री तटस्थ नहुने एवं तथ्यहरु तोडमोडको सम्भावना रहने भएकाले अदालतले त्यसलाई प्रतिबन्ध लगाएको हो । अदालतले सार्वजनिक कार्यक्रम, टेलिभिजन प्रसारण, फेशबुक लाइभ, ट्वीटर, यु ट्युबलगायत सामाजिक सञ्जाल वा सार्वजनिक संचारमाध्यमबाट विचार वा प्रतिक्रिया व्यक्त गर्न, गराउन रोक लगाएको छ ।

supreme-court 1

अदालतको यो आदेशसँगै लामिछानेले आफै अभियुक्त भएको प्रकरण बाहेक ‘सिधा कुरा जनतासँग’मा अन्य सामग्री भने देखाउन पाउनेछन् । लामिछानेले प्रहरी हिरासतभित्रै रहदा म असुरक्षित छुँ, बाहिर निस्केको ३ मिनेटभित्रै निर्दोष सावित गर्नसक्छु भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै, जिल्ला अदालत चितवनको आदेशमा रविलाई अर्को कडा सर्तमा उनी सुटुक्क विदेश जान पाउने छैनन् । उपचार गराउन पनि विदेश जानु पर्ने भए जिल्ला अदालतको पुर्वअनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।