अमेरिकामा भएको सवारी दुर्घटनामा विराटनगरका एकै परिवारका ३ नेपालीको मृत्यु

  • भदौ १९, २०७६
  • २७३४७ पटक पढिएको
  • एजेन्सी
alt

धरान : अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट गएका हुन् । कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन् । प्रभाशको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक छ ।
प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए ।

उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा । गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ । पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

 

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved