धरान: धरानको भानुचोकबाट प्रहरीले आज हातको *बाहुलाले छोपेर खुकुरी बोकी हिडिरहेको अवस्थामा एक युवालाई पक्राउ गरेको छ ।

आज साँझ करिब ६ बजे धरान २ स्थित भानुचोकबाट खुकुरीसहित ती युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान ८ का २४ बर्षीय बुद्ध प्रधान रहेका छन् । प्रहरीको गस्ती टोलीले शंकास्पद अवस्थामा हिडिरहेको देखेपछि उनलाई रोकेर शरीर खानतलासी लिएको थियो ।

शरीर खानतलासी लिने क्रममा बाँया हातमा सर्टको बाहुलाले खुकुरी छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका प्रधान कुनै अपराधिक कृयाकलापमा संलग्न हुन सक्ने आशंका भएकोले पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।*(सच्याइएको)