झापा : झापाको दमक नगरपालिका त्यसैपनि चर्चितनै छ । बहालवाला प्रधानमन्त्रीको गृहनगर भएका कारणपनि दमक देशभर परिचित छ । अझ प्रधानमन्त्री दमककै भएकाले यहा धेरै योजना र परियोजना पारिएको छ भनेर बिगतमा कांग्रेसले आलोचना समेत नगरेको होईन । हुनपनि हो दमकमा धेरैनै योजनाहरु परेका छन् । तिनै मध्येको एक हो दमक भ्यूटावर । केही बर्ष यतादेखी निक्कै चर्चामा रहेको दमक भ्यूटावर बन्छ भन्नेमा धेरैले शंका ब्यक्त गरेका थिए । त्यतीमात्र होईन केही नेताले दमकमा भ्यू टावरको आवस्यकताको औचित्य पुष्टि गर्न चुनौती समेत दिदै आएका छन् ।

यिनै आलोचना र बन्ला कि नबन्ला भन्ने दोधारका बिच यतिबेला भने दमकमा भ्यू टावर निर्माणको काम सुरु भएको छ । झापाको दमक नगरपालिका वडा नम्बर ३मा अवस्थित आँपगाछी सडक खण्डमा आजकल बाक्लै ट्रक र ट्रिपर कुदेको देख्दा स्थानीयमा आशा पुन जागृत भएको पाईएको छ । अहिले बाक्लो संख्यामै मालबाहक गाडीहरु ओहोरदोहोर हुन थालेको छ । मानिसहरुको आवजजावत पनि ह्वात्तै बढेको छ । यो चहलपहल अहिले दमकमा निर्माण सुरु भएको २५ तला भन्दा अग्लो भ्यू टावर निर्माणको कामका लागि हो ।

पूर्व पश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिव २ किलोमिटर उत्तर गएपछि जनता चोक पुगन्छि । त्यहाँबाट करिव २ सय मिटर पश्चिम लागेपछि पुगीन्छ भ्यू टावर निर्माणस्थल । त्यहाँ पुग्नका लागि आवश्यक पर्ने पूर्वाधारहरु निर्माण जारी छ । कृष्णमन्दिरबाट जनताचोक सम्मको बाटो कालोपत्रे हुन अन्तिम चरणमा छ । दमक ३ का वडाध्यक्ष नविन बराल भन्छन्, “धेरैलाई यो भ्यूटावर बन्ला कि नबन्ला भन्नेमा शंका छ तर ढुक्क हुनुहोस् अब काम सुरु भईसकेको छ । अहिले सो स्थानसम्म पुग्न निर्माणाधिन सडक यहि वर्ष भित्र कालोपत्रे गरि सक्न बजेट बिनियोजनपनि भईसकेको छ । जनता चोकबाट पश्चिम भ्यू टावर निर्माण हुने स्थलसम्म पुग्न अहिले उच्च स्तरीय ग्रावेल बाटो छ । त्योपनि भ्यू टावर निर्माण सम्पन्न भईसकेपछि कालोपत्रे गर्छौ । ”

भ्यू टावर निर्माणमा ठुलो भोल्टेजको बिद्युत आवश्यक पर्छ । जसका लागि ८ वटा भन्दा बढी बिजुलीका पोलहरु ठड्याइसकिएको छ । केहि दिनमै त्यहाँ भ्यू टावर निर्माणका लागि मात्र आवश्यक पर्ने ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुँने दमक स्थित बिद्युत प्राधिकरण दमक बितरण केन्द्रले जनाएको छ । तत्कालका लागि खानेपानी बोरिङ गरेरै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाईप पुर्याउन समेत आवश्यक तयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ ।

यस्तोे बन्ने छ भ्यू टावर:

10

५ बिगाह क्षेत्रफलमा बन्न लागेको दमक भ्यू टावर अन्तराष्ट्रिय स्तरको हुनेछ । २५ तालमा त पक्की संरचना बन्ने छ । त्यसमाथी थप ५ तलाको स्टिलको संरचना बन्ने छ । हरेक तलामा बिभिन्न प्रकारका सपीङ कम्पलेक्स, रेष्टुरेण्ट, भिआईपी कार्यालय लगायत हुने छ । दमक भ्यू टावर मात्र १० कट्ठा क्षेत्रफलमा बन्ने छ भने बाँकी क्षेत्रमा अन्य संरचना बनाईने सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनीयर भुपेन्द्र यादवले बताए ।

यादबका अनुसार भ्यू टावर बाहेक यहाँ बाल उद्यान समेत बन्ने छ । जो आफ्ना बालबच्चा सहित पनि दमक भ्यू टावर घुम्न जान सक्ने छ । उनले भने । साथै यहाँ सर्वसाधारणका लागि घुम्न आकर्षक बगैचा सहितको पार्क समेत बनाईने छ । यहाँ जो सुकै पनि आएर आफ्ना सबै तनाव बिर्सिर केहि बेर भए पनि आनन्दको महसुस गरोस भन्नका लागि पार्क समेत निर्माण गरिने उनले बताए । त्यसै गरि यहाँ एउटा पानीको फोहोर निक्सने सहितको पोखरी समेत बन्ने छ । पोखरीको किनारमा वरीपरि आगन्तुकका लागी बस्ने फलैँचा समेत निर्माण हुने भएकोले त्यहाँको मनोरम दृश्य आरामसँगले हेर्न सकिने उनले बताए ।

साथै अण्डर ग्राउण्ड पार्किङको समेत व्यवस्था हुने छ । टावरमा जाने जो कोहिले पनि आफ्ना सवारीका साधन सडकको किनारमा र अर्काको घरमा राख्नु पर्ने अवस्था नओस भन्नका लागी २ सय ४० वटा सवारी क्षमता सहितको पार्किङ स्थल बनाईने यादवले बताए । जसमद्ये ४० वटा चार पाग्रे र बाँकी २ सयमा मोटरसाईल पार्किङ गर्न सकिने छ ।

अहिले के हुदैछ ?

11

५ बिगाह क्षेत्रफल बराबरको आफ्नो जग्गा संरक्षण गर्नका लागि वरीपरि पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । भ्यू टावर बन्ने मुख्य स्थानमा पाईल खन्ने काम धमाधम भै रहेको छ । अहिले नमुनाका लागि एउटा पाईल खनिसकिएको छ । अव तत्कालै अन्य तीन वटा मेसिन ल्याएर पाईल खन्ने कामलाई दुर्त गतिमा अघि बढाईने इन्जिनियर यादवले बताए । न्यूनतम ३ सय वटा पाईल खन्नु पर्ने भएकोले दँशै अगावै पाईन खनिसक्ने योजना रहेको उनले सुनाए । ‘सबै भन्दा गाह्रो र जटिल काम भनेको पाईल खन्नु हो पाईल खनिसकेपछि हामी ढलाईको काम थाल्ने छौ ।’ अवको केहि दिनै दैनिक ३ वटा मेसिनले पाईल खन्ने छन् । एउटा मेसिनले न्यूनतम पनि दिनमा ३ वटा पाईल खन्ने छ । यसले गर्दा दिनमा नौ देखी १० वटा पाईल खनिसकिने छ । यहि अनुपातमा हेर्ने हो भने ३० दिनमा ३ सय वटा पाईल खनि सकिने छ । पाईल सँग सँगै अहिले भ्यू टावर निर्माणका लागि आवश्यक पर्ने बिभिन्न निर्माण सामाग्रीहरुको भण्डारण गर्ने काम समेत चलिरहेको छ । त्यहाँ काम गर्ने कामदारका लागि टहरा निर्माण भै सकेको छ भने अन्य कर्मचारी तथा सम्पर्क कार्यालय निर्माणको काम अन्तिम चरणमा रहेको निर्माण पक्षका सव इन्जिनीयर प्रमोद कुमार मण्डलले बताए ।

भ्यू टावर निर्माणका लागि गत काठमाडौको श्ऋन्क्ष्न्ऋ आशिष ओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामा निर्माण गर्ने गरि सम्झौता गरेको छ । आगामी २०७८ पुष २७ गते निर्माण सम्पनन्न गर्र्ने गरि निर्माण कम्पनीले २०७६ जेठ २७ गते सरकारसँग सम्झौता गरेको छ ।