धरान: धरानको लक्ष्मी चोकमा झरना सेकुवा कर्नर सञ्चालनमा रहेको छ । यो सेकुवा कर्नर भए पनि यहाँ सेकुवा मात्र पाइदैन थियो ।

सञ्चालिकाले २ तलाकै घर भाडामा लिएको हुनाले अन्य यौनजन्य अनैतिक गतिविधि पनि हुने गरेको थियो । यो बारेमा स्थानीयले पहिल्यै सुइको पाइसकेका थिए । घरको माथिल्लो कोठामा जोडीहरु आउथे, र आफ्नो यौन प्यास मेटाएर जान्थे । बाक्लै गरी जोडीहरु आउन थालेपछि स्थानीयले प्रहरीमा पटक पटक गुनासो गरिरहेको थियो ।

स्थानीयको गुनासो आएपछि प्रहरी पनि चनाखो भएर बसेको थियो । आज दिउँसो ४ बजेतिर प्रहरीले सेकुवा कर्नरमा पुग्यो । माथिल्लो तलाको कोठामा छापा मार्दा ३ जोडी भेटिए । प्रहरीले तीन जोडीसहित सञ्चालिकलाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक हेमराज वलीका अनुसार उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको छ । 'भर्खर ल्याएका छौं, वयानको क्रम चलिरहेको छ,'उनले भने ।

पक्राउ परेकाहरु धरान बाहिरका युवाहरु छन् । युवतीहरु भने धरान क्षेत्रकै हुन् । युवाहरुलाई सेकुवा कर्नरकी सञ्चालिकाले कन्ट्याक्टमा ल्याइदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाईछ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारमा कानुनी कारबाही गरिने प्रहरी निरीक्षक वलीले बताए ।