काठमाडौं : चर्चित गायक दुर्गेश थापा पक्राउ परेको घटना सेलाउन नपाउदै अर्का चर्चित र्यापर भिटेन पक्राउ परेका छन् ।

र्यापर भिटेन युवाहरुमाझ अत्यन्तै लोकप्रिय छन् । उनको पछिल्लो गीत हामी यस्तै त हो नि ब्रो किसोर किसोरीहरुमाझ चर्चित छ । उनलाई आज महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेको हो । हामी यस्तै त हो नि ब्रो गीतको शब्द र उनले फेसबुकमा राखेको तस्बिरको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको भनाई छ । भिटेनको गीतहरुको केही अश्लिल जनाउ दिने शब्दहरु पनि राखिएको हुन्छ । बिशेष गरी किसोरकिसोरी तथा युवा पुस्तामाझ उनको गीत लोकप्रिय छन् ।

वास्तविक नाम समीर घिसिङ भए पनि उनी भिटेन र्यापरको नामले मात्र चिनिन्छन् । पछिल्लो समय देशविदेशका कन्सर्टहरुमा भिटेनको माग पनि बढ्दो छ । यसअघि प्रहरीले हामी पनि नाच्नु पछृ बिच्च बिच्चमा बोलको गायक दुर्गेशलाई पक्राउ गरेको थियो । उनले तिहार सम्बन्धी गाएको गीतले सामाजिक असहिष्णुता फैलाएको उजुरी परेपछि पक्राउ परेका थिए । युट्युबबाट गीत हटाएर माफी मागेपछि उनी छुटेका थिए । र्यापर भिटेनलाई पनि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।