एक महिला सांसदले नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् । क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोप छ ।

केटी हाउस एथिक्स कमेटीको अनुुसन्धानमा पनि परेकी छिन् । नग्न तस्बिर सार्वजनिक भएपछि आफूलाई पदमा रहँदा अझै के के कुरा सार्वजनिक हुने हुन् भन्ने डर लागेको बताएकी छिन् । केटीले आइतबार संसदबाट राजीनामा दिएको घोषणा गरिन् । नोभेम्बर सन् २०१८ मा उनी छानिएकी थिइन् । केटीले ट्वीटरमा पनि आफ्नो राजीनामा पत्र सेयर गरेकी छिन् ।

रिपोर्टका अनुसार केटीले क्याम्पेन स्टाफरसँग ‘अनुचित’ सम्बन्ध स्विकार गरेकी छिन् । तर उनले आफ्नो अफिसमा कर्मचारीसँग सम्बन्ध स्थापित गरेको अस्विकार गरेकी छिन् ।

यस्तै, केटी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ । केटीले राजीनामा दिँदै आफूले गल्ती गरेको स्विकार गरेकी छिन् । तर उनले बदनामीका लागि अभियान चलाएको पनि आरोप लगाइन् ।

केटीले भनिन्, ‘मेरो गोपनियतामा दखल दिएर नीजि पलको तस्बिरलाई मविरुद्ध प्रयोग गरियो । यो गैरकानूनी हो । यस्तै, एउटा ठूलो मिडिया कम्पनीको वेबसाइटमा इन्टिमेट फोटो प्रकाशित हुँदा पनि उनीहरुले कानूनी कारवाहीको धम्की दिएका छन् ।’

फोटो इन्स्ट्रागामबाट