काठमाडौं : अभिनेत्री सिर्जना सुब्बा आमा बन्दैछिन् । उनले गएको मंसिरमा फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी थिइन् । पदम र सिर्जनाले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका थिए ।

100

नायिका तथा थिएटरकर्मी सिर्जना सुब्बाले हालै गर्भावस्थाको बोल्ड फोटोशूट गराएकी छिन् । दुई सातापछि आमा बन्न लागेकी सिर्जनाको बोल्ड फोटोशूटमा बेबी बम्प देख्न सकिन्छ । उनले यी तस्वीर सम्झनाका लागि खिचाएको बताइन् । गर्भावस्थालाई उनले एक ‘उत्सव’ का रुपमा लिएकी छिन् ।

तस्वीरमा सिर्जनाको ग्ल्यामर लूक छ । यी तस्वीरलाई अभिनास मास्के र क्लु जैनले गोदावरीमा खिचेका हुन् । सिर्जना सुब्बा चलचित्र ‘लूट’, ‘निभ्न लागेको दियो’, ‘लूट २’ लगायतका चलचित्रमा निभाएको भूमिकाबाट दर्शकको मनमा बस्न सफल छिन् ।हालै उनको समेत अभिनय रहेको नाटक ‘महाभोज’ ले पनि सिर्जनालाई थप चर्चा दिलाएको थियो । यतिबेला भने फोटोशूटका कारण उनको चर्चा छ ।

10