सुनसरी: इटहरी उपमहानगरपालिकाले महिला फुटवल खेलाडी उत्पादन गर्ने उद्देश्यले निःशुल्क प्रशिक्षण गर्ने भएको छ ।

उपमहानगरका अनुसार महिला खेलाडी उत्पादानको लागि विद्यालयका छात्राहरुको लागि एक महिने निःशुल्क फुटबल प्रशिक्षण गर्ने तयारी गरिएको छ । मंसीर १ गते देखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई २ २ जना छात्राको नाम खेलकुद शाखामा पठाउन पत्राचार गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

प्रशिक्षणमा सहभागी छात्राहरुलाई जर्सी र जुत्ता उपमहानगरपालिकाले नै उपलब्ध गराउने भएको छ । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता आयोजना गरेको थियो । छात्राहरुलाई प्रशिक्षण दिई फुटवल खेलप्रति आकर्षित गर्दै खेलाडी तयार गर्न प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमको भनाई छ ।