झापा: दमक जेसीजले हरेक बर्ष झै यस बर्ष पनि जेसीज सप्ताहको आयोजना गरेको छ ।

जेसीजले सप्ताहका अवसरमा बर्षेनी सञ्चालन गर्ने विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुलाई यस बर्ष पनि निरन्तरता दिएको हो । दमक जेसीज बर्ष २०१९ का अध्यक्ष भीमराज केसीका अनुसार सुक्रबारदेखी देखि शुरु सप्ताह अन्तर्गत ३ दिनसम्म विविध कार्यक्रमहरु सञ्चालनको तयारी गरिएको छ । सप्ताहमा जेसीजको समुदाय आधारित कार्यक्रमहरु सञ्चालन गरिने जनाईएको छ । उहाका अनुसार उद्घाटनसहितको दमक चोकदेखि बेलडाँगीसम्म साइकल यात्रा कार्यक्रम सम्पन्न भएको छ ।

मैत्रीपूर्ण फुटसलमा पत्रकारको टोली बिजयी

यस्तै सप्ताह कार्यक्रम अन्तर्गत सुक्रबारै भएको पत्रकार र दमक उद्योग वाणिज्य संघबिचको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारको टोली बिजयी भएको छ । पत्रकार टोलीले वाणजिय संघको टोलीलाई ८–१ को बिशाल गोल अन्तरले पराजित गरेको हो । पत्रकारका लागि उद्घाटन गोल सुदिप अधिकारीले गरेका थिए भने लगत्तै डिकेश लामा, गोबिन्द लुवागुन, झगेन्द्र खड्का र जिवन चुडालले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच हिमशिखर मिडिया ग्रपका पत्रकार गोबिन्द लुवागुन घोषित भए ।