धरान : नेपाली कांग्रेसका पूर्व धरान नगरसभापति किशोर राईले धरानमा कांग्रेसको पक्षमा जनमत देखिएपछि नेकपा अत्तालिएको बताएको छ ।

उनले भने, ‘जतिजति चुनावको मिति नजिकिदैछ, कांग्रेसप्रति जनमत बढेको कारण नेकपाका जिल्ला स्तरियका नेताहरुको होस नै गुमिसकेको छ ।’

राईले धरान वडा नं. १३ स्थित चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रमको अभियानमा यस्तो बताएको हो । नेपाली कांग्रेसका युवा उम्मेद्वार तिलक राईले नगरबासीको हितमा पनि काम गरेकोले धराने जनताले यसपाली परिवर्तनको नाममा रुख चिन्हमा भोट दिने आश्वासन दिएको राईले बताए । नेकपाले चुनावको नाममा पैसा र बल प्रयोग गरेको राईले बताए ।