भोजपुरमा महिलाको स्तनको मुन्टा काटिएको घटना रहस्यमय

  • मंसिर ५, २०७६
  • ८९६८ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान: भोजपुरको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तनको मुन्टा(निप्पल) काटिएको घटना सुन्दा जति आश्चर्य छ, उति नै रहस्यमय पनि बनेको छ ।

घटना षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा हिजो बुधबारको हो । लुगा धुन खोलामा गएकी ती ३३ बर्षीय महिलालाई २ जना अपरिचितले मुखुण्डो ओढेर स्तनको मुन्टा(निप्पल) काटिदिएको बताइएको छ । पीडित महिलाले प्रहरी समक्ष पनि विस्तृत खुलाएकी छैनन् । जसले गर्दा घटना रहस्यमय बनेको छ । उनको हाल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उनको झण्डै ६ महिनाको बच्चा छ । अहिले उनको आफन्तलाई ती बच्चालाई दुध खुवाउन समस्या भइरहेको छ । बच्चालाई दुधदानीबाट दुध पिलाइरहेको महिलाकी देवर पर्ने आफन्तले जानकारी दिए । उनको ७ बर्षको एक छोरा पनि छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले यो घटना निक्कै आश्चर्यजनक भएको बताए । 'अहिलेसम्म कि त स्तन पुरै काटिएको वा छुरी रोपेर कर्तव्य गरेको घटना थियो, यसरी निप्पल मात्र काटिएको यो अचम्मलाग्दो घटना छ,'उनले भने,'फरेन्सिक विज्ञहरुसँग राय लिइरहेका छौं, अनुसन्धानको क्रममा छौं ।'

यो घटनालाई बुझ्न बिहिबार १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट एसएसपी शेखर कोइराला र धरानस्थित संघीय प्रहरी इकाईका एसएसपी सौरव राणा पनि प्रतिष्ठानको आकस्मिक कक्षमा आएका थिए । दुवैले पीडितको स्वास्थ्य स्थिति र घटनाबारे सामान्य जानकारी लिएका थिए । प्रतिष्ठानको फरेन्सिक विज्ञले पीडित महिलाको स्तनको जाँच पनि गरेका थिए । विज्ञ डा.सिवेन्द्र झाका अनुसार निप्पल अचम्म गरि काटिएको छ । उनले भने, 'ब्लेड जस्तो धारिलो हतियारले पनि होइन । अलिक भद्दा तरिकाले काटिएको छ, दाँत जस्तोले काटिएको देखिन्छ ।' घटनाबारे भोजपुर प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

पीडित महिलाका आफन्तहरुका अनुसार हिजो बुधबार बिहान ११ बजेतिरको घटना हो । ती महिला लुगा धुन स्थानीय खकुवा खोलामा गएकी थिइन् । कपडा धुइसकेपछि आफु पनि नुहाएर कपडा डोकोमा हालेर घर फर्कने बेला २ जनाले समातेर निप्पल काटिदिएको पीडितको भनाई उदृत गर्दै उनका आफन्तहरुले बताएका छन् । करिब आधा घण्टा पछि घर पुगेर मात्र घटनाबारे अरुले थाह पाएका थिए । उनलाई शुरुमा दिंलास्थित अस्पतालमा लगिए पनि उपचार हुन नसकी सुमो गाडीमा रातको २ बजे प्रतिष्ठानमा उपचार गर्न ल्याइएको थियो ।

प्रहरीले अनुसन्धान अघि बढाए पनि महिलाले घटनाबारे विस्तृत र वास्तविकरुपमा नबताएको प्रहरीको आशंका छ । घटनाको वास्तविकता नखुलाएकोले यथार्थ पत्ता लगाउन समस्या भइरहेको एक प्रहरीले बताए । प्रहरीले हतियारले काटेको नभै दाँतले टोकेको हुनसक्ने अनुमान गरेको छ । महिला प्रहरीले पनि ती महिलासँग कुरा गर्ने प्रयास गरिरहेका छन्, तर पीडितले आफन्त आएपछि मात्र सबै कुरा भन्छु भनिरहेको ती महिला प्रहरीले बताइन् ।

तस्बिर क्याप्सन: पीडित महिला(वर्को ओढेर सुतेकी)को स्वास्थ्य स्थितिबारे बुझदै एसएसपी शेखर कोइराला ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved