लसएन्जलस : हलिउडकी स्टार गायिका ब्रिटनी स्पियर्स फेरि आफ्नो चर्चित पुरानो लुकमा फर्किएकी छन् । डेलिमेल डटको डट युकेको रिपोर्टअनुसार माबीबाट छुट्टी बिताएर घर फर्केपछि ब्रिटनीले एउटा भिडियो शेयर गरेकी छन् । जसमा उनी आफ्नो नयाँ हेयर कलर ब्लाइन्ड लुकमा देखिएकी छन् । यो भिडियोको साथमा उनले लेखेकी छन्, ‘सायद मलाई ब्लन्डर्स लुक राम्रो देखिन्छ ।’

यो धेरै प्रोफेसनल हलिउड हेयर र मेकअप होइन । यो अरिजिनल्स हो । म अहिले छुट्टीमा फिल्म हेरिरहेकी छु । भर्खर स्वीमिङ पुलबाट बाहिर आएकीले मेरो कपाल भिजेको छ । माफ गर्नुहोला । भिडियोमा ब्रिटनी सेतो ट्युब टप र सर्टमा लसएन्जलसको घरमा सोफामा बसेर क्यामेरा फेस गरिरहेकी छन् ।