धरान: उपचारको क्रममा आज उपत्यकास्थित पाटन अस्पतालमा निधन भएका धरानका पुर्वमेयर ध्यानबहादुर राईको अन्त्येष्टी खोटाङमा गरिने भएको छ ।

उनको जन्मस्थान खोटाङ जिल्लाको लामिडाँडास्थित चिउरीबासमा अन्त्येष्टी गर्ने पारिवारजनमा सल्लाह भएको हो । सोही अनुसार पुर्वमेयर राईको शव आजै शववाहनमार्फत खोटाङतर्फ लगिने पुर्वमेयर ध्यानबहादुर राई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठले जानकारी दिए । ‘उहाँको जन्मस्थान र बुबा, आमाको अन्त्येष्टी पनि त्यही गरिएकोले उतै लाने परिवारमा सल्लाह भयो,’उनले भने ।

अस्पतालले पुर्वमेयर राईको निधन मध्याह्न साढे १२ बजे भएको जानकारी दिएको पनि श्रेष्ठले जानकारी दिए । स्वर्गीय राईको साथमा श्रीमति कोपिला, एक छोरा र एक छोरी छिन् । पुर्वमेयर राई तत्कालिन नेकपा एमालेबाट २०४९ सालमा धरानको मेयरमा निवार्चित भएका थिए । उनी विगत एक बर्षदेखि क्यान्सर रोगको उपचार गरिरहेका थिए ।