धरान: धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन धरान उपमहानगरपालिकाले भोली मंगलबार शोक विदा दिएको छ ।

आज सोमबार मध्याह्न साढे १२ बजे क्यान्सर उपचारको क्रममा पुर्वमेयर राईको निधन भएपछि उपमहानगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो । शोक विदाबारे उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सुचना जारी गर्दै उपमहानगरपालिका, मातहतको कार्यालय र स्कुलहरुमा पनि शोक विदा दिइएको उल्लेख गरेका छन् ।

'२०४६ सालको जनआन्दोलन पश्चात स्थापना भएको बहुदलीय व्यवस्थामा धरानको जननिवार्चित नगर प्रमुखको निधनको खबरले उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको छ,'सुचनामा भनिएको छ,'मंगलबारका दिन १ दिन शोक विदा दिने निर्णय भएकोले नगर कार्यपालिकाको कार्यालय, मातहतको कार्यालयहरु साथै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शोक विदा दिइएको सबैमा सुचित गरिन्छ ।' 

sok