धरान : ५ औं पानवारी भलिबल कपको उद्घाटन खेलमा पराजित हुँदै आयोजक सयपत्री बोइज युनियन क्लब (रातो) प्रतियोगिताबाट बाहिरीएको छ ।

उद्घाटन खेलमा बाझगरा युवा भलिबल क्लबसँग २-० को सोझो सेटमा आयोजक पराजित भएको हो । २५-२३ र २५-२२ को सेटमा आयोजक टिम पराजित भएको हो । प्रतिष्पर्धात्मक खेलको दुवै सेटमा अग्रता बनाए पनि आयोजक जित निकाल्न असफल रह्यो । खेलको म्यान अफ द म्याच घोषित हुँदै आयोजक टिमका बसन्त राईले नगद रु २५ सय पुरस्कार प्राप्त गरे । त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा एक नं. प्रदेश प्रहरी रानीले विमान टे«डर्स बिर्तामोडलाई २-० को सोझो सेटमा पराजित गरेको छ । रानीले २५-१९ र २५-२२ को अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच बिर्तामोडका भुवन क्षेत्री घोषित भए । उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

vollyball-1
प्रतियोगिताको फाइनल खेल माघ ११ मा हुनेछ भने प्रतियोगिताको विजेताले ७५ हजार नगद र ३५ तोला चाँदीको रनिङ ट्रफि जित्नेछ । त्यस्तै उपविजेतालाई नगद रु ४२ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत उत्कृष्टलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन सुनसरी एक नं. क्षेत्रबाट विजयी संघिय सांसद जयकुमार राईले गरेका थिए ।