धरान: पाँचौ पानवारी भलिबल कपमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई पराजित गर्दै इटहरी तरहरास्थित जयमहादेव भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार धरान ६ स्थित सिमल चौरी खेल मैदानमा भएको खेलमा महेन्द्र क्याम्पसलाई २–१ को सेटमा पराजित गर्दै जयमहादेव सेमीफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट जयमहादेवले २५–२२ ले जितेको थियो । तर, दोस्रो सेट जयमहादेवले २०–२५ ले गुमाएको थियो । पुनः तेस्रो सेटमा २५–२२ ले आफ्नो पक्षमा पार्दै जयमहादेव सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा म्यान अफ द म्याच महेन्द्र बहुमुखी क्याम्पसका विवेक राई घोषित हुँदै नगद २५ सय पुरस्कार हात पार्यो ।

बुधबार पहिलो खेल फुङनाम स्पोर्टिङ क्लब इलाम र सुन्दरहरैचा नगरपालिकाबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा धनकुटा जिल्ला भलिबल टिम र बाझगरा भलिबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा आयोजकको निलो टिमसँग इलाम र सुन्दरहरैचाको विजेताले खेल्ने आयोजक सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले बताए ।