काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार विराटनगरमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी)को उद्घाटन गरेका छन् ।

दुवैले भिडियो कन्फरेन्समार्फत आइसिपीको उद्घाटन गरेका हुन् । उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र भारतबाट पनि सामान बोकेको ट्रक नेपाल भित्रिएको थियो । करिब दुई महिना पहिले नै निर्माण सम्पन्न भएपनि उद्घाटन कसरी गर्ने भनेर टुंगो नलाग्दा सञ्चालनमा आएको थिएन । आइसिपी सञ्चालनमा आएपछि पूर्वको व्यापार सहजीकरणमा सहयोग पुग्ने बताइदै आएको छ ।

नेपालर भारत दुवै देशको एउटै स्थानमा भन्सार सञ्चालनमा आउने भएकाले व्यवसायीले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन। आइसिपीले नेपालबाट भारत निर्यात हुने वस्तुहरू निर्यातमा समेत सहज हुनेछ। दुवै देशको साझा ल्याब पनि हुने भएकाले नेपालबाट कृषि तथा पशुजन्य वस्तु निर्यात गर्नसमेत सजिलो हुनेछ। यसअघि कृषि उपज निर्यात गर्न ल्याब टेस्टका लागि भारतको कोलकाता पुर्‍याउनुपर्ने बाध्यता थियो।

Icp

उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताउदै समकक्षी मोदीलाई नेपाल भ्रमणको समेत निम्ता दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको उल्लेख गर्दै क्रस वोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए।

नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरू भएको थियो। एक सय २९ बिघा क्षेत्रफलमा बनेको जाँच चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ,रेस्टुरेन्ट, बैंकर अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ। इलेक्ट्रिक सब–स्टेसन, वे ब्रिजलगायत सुविधा आइसिपीमा उपलब्ध छ। भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भारतर तेस्रो मुलुकको आयात–निर्यात सहज, सरलर व्यवस्थित हुने पूर्वका आयात–निर्यातकर्ताको अपेक्षा छ।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्णा मिश्राका अनुसार हाल मालबाहक सवारी मात्रै आवत–जावत हुनेछ । उनले चाँडै यात्रुसमेत एकीकृत जाँच चौकीबाटै आवत–जावत गर्ने व्यवस्था मिलाइने बताए । साथै रेलबाट पनि सामान आयात–निर्यात गर्न आवश्यक पूर्वाधारको विकास पनि गर्ने तयारी भइरहेको उनले बताए।

icp2