धरान: खानेपानीको अभाव भएको भन्दै माघ २ गतेदेखी नेपाल खानेपानी संस्थानको धरान शाखामा धर्ना दिदै आएका धरान वडा नम्बर ९ का जनप्रतिनिधिहरुले आन्दोलन स्थगित गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बुधबार धर्नास्थलमा पुगेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेका हुन् । वडाध्यक्ष रत्न कटुवालले कसैसँग पूर्वाग्रह नराखी पानीको महशुल तिरेअनुसार संस्थानविरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘हामीले कसैलाई दोष दिने कसैलाई नदिने हैन हामीले पानीको महशुल तिरेका छौं त्यो अनुसारको पानी देउ मात्र भनेका हौं,’उनले भन,‘हामीहरुले ७ वर्षदेखी पानीको समस्या भोग्दै आएको हुनाले बाध्य भएर संस्थान विरुद्ध आन्दोलित हुनुपरेको हो ।’ उनले संस्थानबाट पटक–पटक आश्वासन मात्र पाएको स्मरण गदै भने ‘मेयर साबको यो आश्वासन यथार्थमा परिणत होस, यदी आश्वासन आश्वासनमा मात्र सिमित भयो भने संस्थानमा मात्र हैन आयुडीपीको विरुद्ध पनि हामी आन्दोलनमा जान्छौं ।’ उनले पटक–पटक आव्श्वासन पाएर चुप लागेर बस्दा काकाकुल बन्न पुगेको बताए ।

water1 2

मेयर तिलक राईले खानेपानी संस्थानको सम्पती, दायित्व र जिम्मेवारी बोर्डमा ल्याउने प्रक्रिया चलिरहेको बताए । उनले खानेपानीको समस्या भएकोबारे ध्यानकर्षण भएको बताउदै चाडै समस्या समाधान गरिने बताए । ‘चाडै खानेपानी व्यावस्थापन गरेर जनताको घर–घरमा पु¥याउन हामी छलफलमा छौं,’उनले भने,‘वडा नं. ९ का वडाध्यक्षसहित जनप्रतिनिधि साथीहरुले चार पाँच दिन धर्ना दिनभएको छ । यसले सिंगो धरान उपमहानगरपालिका, आयोजना, खानेपानी संस्थानको ध्यानाकर्षण भएको छ, यहाँहरुको माग र आन्दोलन सिंगो नगरपालिको दायित्व भित्र परेको हुनाले यहाँहरुले आन्दोलन गर्न नपर्ने हुनाले आजकै मितिबाट स्थगीत गरिदिनु होला ।’ उनले संस्थानसंग छलफल गरेर चाडै माग सम्बोधन गर्ने समेत बताए ।