काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै अनुगमन गर्ने निर्णय गरे पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा झनै कमजोर देखिएको छ । गत आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत प्रगति गरेका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा गत आवभन्दा १० प्रतिशत कम अर्थात् १८ प्रतिशतमा सीमित छ ।

प्रधानमन्त्री ओलीले गत वर्षको बजेट कार्यान्वयनको मध्यवधि समीक्षापछि गौरवका आयोजनाको काममा असन्तुष्टि राख्दै यस्ता आयोजनाको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन गर्ने घोषणा गरेका थिए । जसअनुसार प्रविधिको प्रयोग गरी केही आयोजनाको अनुगमन गरिएको प्रचारसमेतत गरिएको थियो । प्रधानमन्त्रीको घोषणा कार्यान्वयनमा आएको एक वर्षमै यस्ता आयोजनाको अवस्था झनै कहालीलाग्दो देखिएको छ ।