धरान (डेस्क) : सन्तोष सेनद्वारा निर्माण भएको सुपर हिट नेपाली चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ को पहिलो गीत रिलिज भएको छ ।

पछिल्लो समय नेपाली दर्शकको प्रतिक्षित र नेपाली चलचित्र क्षेत्र कै ध्यान तानेको फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ बोलको गीत रिलिज भएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आज मंगलबार रिलिज भएको छ । तामाङ्ग सेलो भाकामा रहेको गीतमा सागर आले र मेलिना राईको स्वर, हर्क साउदको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।

आज रिलिज भएको गीतमा, सुनिल थापा, माओत्से गुरुङ्ग, प्रदिप खडका, क्रिस्टिना गुरुङ्ग, सन्तोष सेन फिचर छन् भने कविराज गहतराजको कोरियोग्राफि रहेकोछ । गीतमा प्रदिपको डान्स प्रशंसनिय रहेको छ । रिलिज गीतमा फिल्मकी डेव्यु नायिकाको रुपमा क्रिस्टिनाको प्रस्तुतिले सबैको ध्यान खिचेकोछ । यस बर्षकै प्रतिक्षिती फिल्मलाई छेतन गुरुङ्ग र मन्दिप गौतमले लेखेका छन् भने छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । फिल्म यही चैत्र २८ गते प्रदर्शनमा आउँदैछ ।