चीनबाट आउने यात्रुलाई हङकङमा दुई हप्तासम्म क्वारेन्टाइनमा राख्न शुरु

  • माघ २५, २०७६
  • १८४ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं : हङकङले चीनबाट आउने सबै यात्रुलाई दुई हप्तासम्म अलग्गै क्वारेन्टाइनमा राख्न शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो कदम चालिएको हो । चीनबाट आउने पर्यटकलाई होटलमा वा सरकारले तोकेका निश्चित सेन्टरहरुमा बस्न सुचित गरिएको छ भने हङकङका जनतालाई घरमै रहन भनिएको छ ।

कसैले पनि नियम उल्लंघन गरे जरिवाना र जेल सजायँको समेत व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । नयां नियम लागु भएसंगै हङकङ फर्कन चाहने दशौं हजारको चीनसंग सीमा जोडिएको शेन्जेन शहरमा लाम लागेको बताइएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु भएको छ भने २६ जना संक्रमित भेटिएका छन् । गत हप्ता मात्रै चीनसंगको सिमा बन्द गर्न माग गर्दै चिकित्सा क्षेत्रमा काम गर्नेहरुले प्रदर्शन गरेका थिए ।

यता,चिनियाँ राष्ट्रपति सी चिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंग टेलिफोन कुराकानी गर्दै महामारी नियन्त्रण गर्नेमा पूर्ण विश्वस्त र सक्षम रहेको बताएका छन् । चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुगेको छ । ३१ हजार २०० संक्रमित भेटिएका छन् । चीन बाहिर कम्तिमा २५ मुलुकमा २ सय ७० जना संक्रमित पाइएका छन् । 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved