काठमाडौं : थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २० जनाको मृत्यु भएको छ ।

सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेका थिए ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । प्रहरीले सपिङ सेन्टर वरपर सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाइ प्रहरीले जनाएको छ ।