रजनीकान्तको पारिश्रमिक घट्यो

  • माघ २८, २०७६
  • ४२१ पटक पढिएको
  • एजेन्सी
alt

चेन्नई : अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स-अफिस कलेक्सनमा कमजोर भएपछि उनको नयाँ फिल्म निर्माण गर्ने सन पिक्चर्सले पारिश्रमिक घटाएको छ ।

तमिल फिल्म निर्माण गर्न लागेको सन पिक्चर्सले अभिनेता रजनीकान्तको पारिश्रमिक घटाएर आधामात्र दिने भएको छ । ‘दरबार’ लाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रूपमा निर्माण गरेका थिए । दुई सय करोड भारुको बजेटमा निर्माण भएको फिल्मले ७० करोड घाटा बेहोर्नु परेको थियो । बक्स-अफिस कलेक्सनमा कमजोर भएपछि यस फिल्मका वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका थिए । २५ वर्षपछि उनी प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरेका थिए । फिल्ममा उनीसहित अभिनेत्री नयनतारा, सुनिल सेट्टी, प्रतिक बब्बर, निभिथा थोमस र योगी बाबु लगायत कलाकारले अभिनय गरेका थिए ।

स्रोतका अनुसार सन पिक्चर्सका कलानिथी मारनले हालै अभिनेता रजनीकान्तलाई भेटेका थिए । ‘गत साता उनीहरूबीच नयाँ फिल्मलाई लिएर भेटघाट भएको थियो। दरबार फिल्म असफल भएपछि मारनले रजनीकान्तलाई पारिश्रमिक कटौती गर्नेबारे जानकारी गराएका थिए । छलफलपछि अभिनेता रजनीकान्त आफ्नो पारिश्रमिक घटाएर आधामात्र लिन राजी भएका थिए,’ स्रोतले भनेको थियो । ‘दरबार’ फिल्ममा एक सय १८ करोड भारू पारिश्रमिक लिएका अभिनेता रजनीकान्तले सन पिक्चर्सले नयाँ फिल्ममा ५८ करोड भारू पाउने भएका छन् । हाल अभिनेता रजनीकान्त निर्देशक शिवाको तमिल फिल्ममा व्यस्त छन् । 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved