मुम्बई : बलिउड अभिनेता अर्जुन पछिल्लो समय फिल्म दुनियाँबाट रहेर आफ्नो निजी जिन्दगीमा पुरै ध्यान दिइरहेका छन् । उनी छोरा आरिकका साथ बढीभन्दा बढी समय बिताउन थालेका छन् ।

फिल्मी दुनियाँबाट टाढा रहेपनि उनी सोसल मिडियामा भने निकै सक्रिय छन् । त्यसैले पनि होला उनी सोसल मिडियामा धेरै तस्बिर शेयर गर्ने गर्दछन् ।

अहिले अर्जुन र उनको छोराको एक तस्बिर सोसल मिडियामा भाइरल भएको छ । तस्बिर अर्जुनकी गर्लफ्रण्ड ग्रब्रिएलाले इस्टाग्राममार्फत शेयर गरेकी हुन् । तस्बिरमा अर्जुन छोराका साथ गिटार लिएर बसेका छन् । उनले छोरालाई गिटार समेत सिकाएको बलिउड मिडियाको समाचारमा उल्लेख छ ।

अर्जुन र ग्रब्रिएलाका छोरा अहिले ६ महिनाको पुगेको छ । तस्बिर हेर्दा अर्जुनले छोरालाई अहिले देखिनै संगीत सिकाउन चाहेको अनुमान लगाउन सकिन्छ । उनको छोरा आरिकले पनि गिटारमा ध्यान दिएको तस्बिरमा देख्न सकिन्छ ।

तस्बिर प्रशंसकले निकै रुचाएका छन् । सायद त्यसैले पनि उक्त तस्बिर निकै भाइरल भइरहेको छ ।