सवारी दुर्घटना हुँदा नायिका महिमा सिलवाल र बहिनीको मृत्यु

  • फाल्गुन १, २०७६
  • ८४५ पटक पढिएको
  • कपुरीन्यूज
alt

धादिङ : धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । बुधबार बेलुकी पृथ्वी लोकमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा भैरहवाबाट काठमाडौंका लागि छुटेको लु २ ख १३५ नम्बरको बस र बा ९८ प ७०५८ नम्बरको स्कुटर आपसमा ठोक्किएको थियो ।

बहिनीको ‘इगेजमेन्ट’मा चितवन जाँदै गर्दा बुधबार राति दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी महिमाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार नै ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए ।

उहाँका अनुसार दुर्घटनामै घाइते भएकी महिमाकी बहिनी शर्मिलाको बिहीबार बिहान काठमाण्डौको ट्रमा सेन्टरमा ज्यान गएको हो । महिमाले ’कारबाही’, ’अप्रिल फुल’, ’चियर्स’, ’दानव’ लगायतका चलचित्रका साथै दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved