कोरोना भाइरसः एकैदिन २ सय ४२ जनाको मृत्यु

  • फाल्गुन १, २०७६
  • ३४३ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको मृत्यु भएको यो पहिलो घटना हो ।

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तमा कोरोनाको उपचार गर्नका लागि व्यापाक परिभाषाको सुरु गरिएको थियो, जो अधिकांश घटनाका लागि जिम्मेवार छन् । यद्यपि गएको बुधबारसम्म सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताइएको थियो ।

यसअघि गएको दुई हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकोमा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका थिए ।

हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा मृत्यु हुनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हो । त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् ।

हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोनाविरुद्ध लड्न केही समयभित्रै खोप बनाउने योजना रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved