इटहरी : चेक बाउन्समा इटहरी नेकपाका युवा नेता नवीन तामाङ पक्राउ परेका छन् ।
१ लाख ७५ हजार रुपैयाँ चेक बाउन्समा निवेदन परेपछि इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरेको हो ।
धनबहादुर कट्वालको नाममा रहेको चेक बाउन्स भएपछि उनी विरुद्ध उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक रमेश कुमार बस्नेतले बताए । बिहिवार दिउँसो पक्राउ परेका उनलाई भोली शुक्रबार म्याद थप गरिने उनले जानकारी दिए ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































