धरान : मोरङको सलकपुरमा गएराती दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा २ को मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सुन्दरहरैचाँ नगरपालिका ८ सलकपुर स्थित पूर्व पश्चिम राजमार्गमा गएराती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३७ प १७ नं को मोटरसाईकल र सोही दिशातर्फ जाँदै गरेको को ३४ प ६६०२ नं को मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार सुन्दर हरैचा ८ बस्ने २७ वर्षीय विशाल खत्री र सुन्दर हरैचा १२ बस्ने २५ वर्षीय अर्पण गुरागाईको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घट्नामा सुन्दरहरैचाको प्रदिप थापा र संखुवासभा चैनपुरका लक्ष्मण खत्री गम्भिर घाईते भएका छन् । उनीहरुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।