धरान : नेपालमै प्रशस्त अबसरहरु छन्, विदेश किन जाने ? भन्दै बिएचएम अध्ययन गरेका एक दम्पति शिल्पा प्रधान गुप्ता र मनित गुप्ताले ४० करोडको लगानीमा विराटनगरको पुष्पलाल चोकमा होटल व्यवसाय गर्ने भएकाछन् ।

निर्माण हुँदै गरेको होटलको नाम ‘कालिकाज किङ्गपिन्स डाईनिङ एण्ड ईन्टरटेरमेन्ट’ राखिएको दम्पतिले बताए । विराटनगरमा थुप्रै होटलहरु छन् । तर शान्त वातावरण भएको होटलहरु भने कमै मात्रामा मात्र भेटिन्छन् । मानिसहरु आफ्नो दैनिकी काम सकेपछि शान्त वातावरण भएको होटलमा जान अथवा खान रुचाउँछन् । त्यस्तै ग्राहकहरुलाई मध्यनजर गर्दै ४० करोडको लगानीमा शुन्दर शान्त वातावरण भएको ‘कालिकाज किङ्गपिन्स डाईनिङ एण्ड ईन्टरटेरमेन्ट’ होटल खोल्न लागिएको दम्पति भन्छन् । गुप्ता परिवारको पुर्खौली पेशा नै होटल व्यवसाय रहेको मनितले बताए । ‘आजभन्दा ४ दशकअघि विराटनगरमा स्थापना भएको ‘मिलन होटल’ नेपालकै प्रसिद्ध होटल थियो’ मनितले भने, ‘जुन माओवादीकालमा बन्द भयो ।’

मिलन होटलको संस्थापक मनितका बुवा स्व.मनोज गुप्ता  रहेका थिए । ‘मिलन होटल’मा गुण्स्तरिय, फरक स्वादका परिकारहरु बन्थे । विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरु उक्त होटलका परिकारको स्वाद लिन पुग्थे । हरेक व्यक्तिका लागि केन्द्रविन्दु जस्तै बनेका थिए ‘मिलन होटल’ भन्छन् भुमि पुजामा आएका अनुज सापकोटा ।

बुवाले सञ्चालन गरेको होटललाई सम्झदै मनितले भने, ‘सबैले खोजेको, सबैले रोजेको, त्यो सोख र स्वाद अब फेरि होटल कालिकाज किङ्गपिन्सले पुरा गर्नेछ ।’

पुष्पलाल चोकमा निर्माण हुदैँ गरेको होटलको गत बिहिवार हिन्दु धर्म अनुसार भूुमि पुजा गरेको परिवार स्रोत जनाए । होटल साढे ६ कठ्ठामा निर्माण हुँदैछ भने पार्किङका लागि छ्ट्टै ३ कठ्ठा जग्गा व्यवस्था गरेको छ । उक्त होटल साढे ७ तलाको निर्माण हुनेछ । निर्माण पुरा भएपछि होटल चाँडै सञ्चालनमा आउने परिवारले बताए । निर्माण हुँदै गरेको होटलमा बालबालिकाका लागि प्ले गु्रप, चिल्डेन पार्क, डिजिनिवल्ड स्मिङ, र एल ए बिलिङ र बुटिट क्याटोगोरी पनि सञ्चालनमा आउनेछ ।

अहिले गुप्ता परिवारमा आमा अनिता गुप्ता, जेठो छोराबुहारी ३० वर्षीय मनित/चित्रलाला कि छोरीे २७ बर्षिय शिल्पा गुप्ता (४ वर्षीया छोरी सुश्री सिमन गुप्ता ) र कान्छा छोरा कुनल गुप्ता छन् ।

ht-40