धरान : धरान १४ गणेश चोक निवासी ५२ बर्षिया इन्दिरा ढकाल लिभर सिरोसिस (कलेजो रोगको अन्तिम अवस्था) भएको छ । इन्दिराको आर्थिक अभावका कारण रोगको उपचार भएको हुन सकेको छैन । ढकालका परिवारले सहयोगको याचना गरेका छन् ।

शुरुमा सामान्य जन्डिसबाट शुरु भएको रोग अहिले कलेजो रोगको अन्तिम अवस्थामा पुगेको र ईन्दिरा ७५ के.जी बाट क्रमशः घटेर अहिले ३६ के.जी भएको उनकी दिदि मधुले बताईन् । उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पताल काठमाडौंमा लगेर उपचार गरिएको थियो । विर अस्पतालका डा. दिलिप शर्माले नेपालमा यो रोगको उपचार गर्न सम्भव नहुने बताए । भारतको बैङ्लोरको भेलोर क्रिष्टियन मेडिकल कलेजमा मात्र यो रोगको उपचार सम्भव रहेको डा. शर्माले बताए ।
कलेजो प्रत्यारोपनका लागि २० देखि २५ लाख रुपैयाँ लाग्छ भने कलेजो पलाउने औषधिका लागि ५ लाख भारतीय रुपैयाँ लाग्ने छ । धरान उपमहानगरपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेको छ । धरानका मेयर तिलक राई यस रोगको उपचार नेपालमै सम्भव हुने भए हुने १ लाख रुपैयाँ सहयोग गर्ने बताए । अहिलेसम्म इन्दिराको उपचारका लागि स्थानियबासिबाट १ हजार २ हजार गरि जम्मा २ लाख उठेको परिवार जनाएको छ । अब ६ लाख रुपैयाँको अभाव भएकोले ढकालका परिवारले सम्पुर्ण व्याक्ति, संघसंस्था, विद्यालयलाई अनुरोध गर्दै एनआइसी एसिया बैंक खाता नं. १०८७९०९५०७५२४००१ र सम्पर्क नं ९८४२२०९३४१ मा सम्र्पक गरेर सहयोग गर्नका लागि इन्दिराकी पति एकनाथ ढकालले अनुरोध गरेका छन् । आर्थिक अभावकै कारण उपचार गर्न नसकेको पति ढकालले बताए ।

रोग ग्रसित भएकी इन्दिरा भन्छिन्, ‘मलाई बाँच्ने इच्छा छ, तपाइहरुको सानो आर्थिक सहयोगले मेरो उपचार सम्भव हुनेछ ।’ उनका एकमात्र १६ बर्षिय छोरा रोशन ढकालले पनि आमालाई बचाईदिन अनुरोध गरेका छन् ।