काठमाडौं : सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको छ ।

विभागले २०७५ वैशाखमै राजपत्रमा सूचना प्रकाशित गरेपनि यसबारे सरोकारवाला र उपभोक्ता बेखबर थिए । बालबालिकालाई खुवाइने आहारपूरक तरल तथा सुख्खा धुलो दुध, दुध तथा दुग्धजन्य पदार्थ तथा खाद्यपदार्थमा यो रसायन मिश्रण गर्न सरकारले अनुमति दिएको हो ।

मानव स्वास्थ्यका लागि विषालु मेलामाइन प्रयोगमा अधिकांश मुलुकले प्रतिबन्ध लगाइसकेका छन् । खाद्य प्रविधि तथ गुण नियन्त्रक विभागले खाद्य तथा पेय पदार्थमा मेलामाइन मिसाउन पाउने गरी मापदण्ड बनाएको छ ।

मेलामाइन सेतो धुलो जस्तो औद्योगिक रसायन हो । यो भाँडावर्तन र शौचालयको सिट निर्माण गर्न प्लाष्टिक उद्योग, प्लाष्टिकका भाडा, टेक्सटाइल्स, टायल्स, कार्पेट, पेपरबोर्ड, गम र ग्लुमा प्रयोग हुन्छ । -नागरिक दैनिकबाट