धरान : वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामी मृत्यू भए पछि बीपीमा तनाब भएको छ ।

इटहरी उपमहानगरपालिका वडानं. ४ की २५ बर्षिय लक्ष्मी बुढाथोकी थापालाई फाल्गुण १३ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वार्डमा भर्ना गरिएको थियो । लामो समय सम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै प्रसुती नगरिएकोले बच्चा पेटमै मरेको र आमाको पनि आज मृत्यू भएपछि प्रतिष्ठानमा तनाब भएको हो । आमा र बच्चा दुवैको मृत्यूको कारण प्रसुती गराउन ल्याईएकी विरामीलाई समयमै चिकित्सकले नहेरेको र लापर्वही गरेको कारण आमा बच्चा दुवैको ज्यान गएको मृत्कका मामा ससुरा गणेश चौहानले बताए । प्रतिष्ठानमा प्रसुती गराउन नसक्ने भए अन्त रेफर गर्नुको साटो त्यतिकै यहा राखिएकोले आमा बच्चा दुवैको मृत्यू भएको आफन्तले आरोप लगाएका छन् ।

bp-1

आमा बच्चा दुबैको मृत्यू भए पछि आफन्तलाई प्रतिष्ठान प्रशासनले बार्ताको लागि अडिटोरियम हलमा बोलाईएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएको कारण मृतकका आफन्तहरु आक्रोसित भए । अहिले दुवै पक्षलाई एकै ठाउमा राखेर प्रतिष्ठानको गाईनो वार्ड नजिकैको हलमा बार्ता भईरहेको छ । अहिले सम्म बार्ता पुरा विवरण आईसकेको छैन । बार्तामा प्रतिष्ठानबाट डा. अर्चना ठाकुर, डा. रोहित रिजाल सहितको टोली छन् भने मृतकका तर्फबाट आफन्तहरु सहभागि छन् ।