सप्तकोशी नदीमा बन्द भएको जेटबोट पुनः सञ्चालनमा

  • फाल्गुन १५, २०७६
  • २७५ पटक पढिएको
  • रासस
alt

धरान : स्थानीयबासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) फेरि सञ्चालनमा आएको छ ।

स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालीका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा तीन सयबाट घटाएर दुई सय ५० कायम गरिएको छ ।

त्यस्तै चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा तीन सय ५० बाट तीन सय, चतराबाट हुतवागढी ९ हसनपुरको सिम्लेरहलेदे नदी किनार आसपासका स्थानीयको भाडा चार सय कायम गरिएको छ । अन्य क्षेत्रबाट आउने यात्रुको भाडा भने पहिलाकै यथावत् राखिएको छ ।

स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि झण्डै एक हप्तादेखि सेवा बन्द भएको थियो । स्थानीयवासीसँग सहमति भएपछि गएको सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो । सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । यो ठाउँमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोस्ट रहने सहमतिसमेत भएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved