एजेन्सी : अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण ज्यान गुमाउनेको दिनहुँ बढ्दै गएको छ ।

विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दासम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ । कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै अमेरिकामा २३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय भन्दा बढीमा नयाँ संक्रमण देखा परेको छ ।

अहिलेसम्म अमेरिकामा कोरोबाट ६ हजार ४४१ जना संक्रमित भएका छन् । १०६ जना पूर्ण रुपमा भएका छन् भने १२ जना जटिल अवस्थामा भएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

अहिलेसम्म विश्वव्यापी रूपमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ९६५ पुगेको छ भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ९६ हजार नाघिसकेको छ । हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ८१ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ७ हजारभन्दा बढी जटिल अवस्थामा छन् ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ६५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।