धरान : सरकारले मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने भएको छ ।

कोभिड १९ कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ मंगलबार देखि चैत १८ गते मंगलबार बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनमा देशभरका राजमार्ग बन्द हुनेछन् । औषधि उपचार र खाद्यवस्तु जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किन सरकारले आदेश जारी गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत गर्न पाइने छैन ।

धरानको हकमा भने मंगलबार अत्याबश्यक काममा बाहेक अरुलाई हिडडुल गर्न नदिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानले बताए । मंगलबार लकडाउनको बारेमा धरानबासी सम्पुर्णलाई जानकारी दिन माईकिङ गरिने र बुुधबार देखि अत्याबश्यक काममा हिडनेहरुलाई पासको व्यावस्था गरिने पनि उनले बताए । Lock-daun-1 Lock-daun-2